राजनीतिक पार्टी खोल्दै खगेन्द्र सुनार, मागे सुझाव

काठमाडौं । दलित अभियान्ता खगेन्द्र सुनारले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू राजनीतक पार्टी गठनको तयारीमा रहेको बताएका हुन् । यसका लागि उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न तथा एजेन्डा के कस्तो राख्दा ठिक होला भनेर सुझाव मागेका छन् ।

‘हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होलारु तपाईँको सुझाव के छ’, उनले भनेका छन्, ‘र, पार्टीमा आबद्ध हुन चाहने साथीहरू पनि सम्पर्कमा आउनूस्।

यही कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न ठिक्क परेका बेला सुनारका मुद्दासम्बन्धी विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले नाम हटाएकी थिइन्।

जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन तोकिएयता राजनीतिक दल गठन गर्ने क्रम बढेको छ।