सुनको मूल्य स्थिर,चाँदी बढ्यो,तोलामा कति ?
काठमाडौं। सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो।
प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ। अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो। चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ।
गत बिहीबार २ लाख ३६ हजार ३ सयमा सुनको कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो।
चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ। अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ असोज ३१ गते ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।
