मन्त्री र सचिवको कार्य प्रगति विवरण सुन्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको कामकारबाहीको प्रगति जाँच्न छलफल सुरु गरेकी छन् । मन्त्री र सचिवहरूको कार्यप्रगति विवरण माग्दै भइरहेका कामको जानकारी लिन उनले बोलाएको बैठक सिंहदरबारमा चलिरहेको छ ।

बैठकमा वर्तमान सरकार गठन भएयता सम्पन्न कामहरूको प्रगति विवरणमाथि छलफल भइरहेको छ । सचिवहरूले आ९आफ्ना मन्त्रालय तथा निकायको प्रगति विवरण पेस गरिरहेका छन् । सबैको विवरण सुनेपछि आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्रीले निर्देशन दिनेछिन् ।