बालिका बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ घर भएका २१ वर्षीय सन्तोष भुजेल छन्। उनलाई प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले पक्राउ गरेको हो।
सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
