जनयुद्ध र एकीकृत जनक्रान्तिले गर्न नसकेको काम जेनजीले गरे: विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेनजी विद्रोहले अहङ्कारी सत्ता ढालेकोमा खुसी व्यक्त गर्दै विद्रोहीलाई धन्यवाद दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्ध र एकीकृत जनक्रान्तिले पनि गर्न नसकेको काम जेनजीले गरेको बताए । दलालहरूको स्वार्थमा चल्ने संसद् र भ्रष्ट सत्तालाई जेनजीको विस्फोटले ध्वस्त पारिदियो।
यो इतिहासमा कहिल्यै नमेटिने राष्ट्रघातको बदला हो,’ उनले भने,वडादेखि माथिसम्म भ्रष्टाचार, ठेक्कापट्टाको लुट, जनतामाथि डण्डाको दमन(हामीले पार लगाउन सकेका थेनौँ । जेनजीले पार लगायो।
जनयुद्धमा रगत बगाउनेहरूलाई अपमान गरिएकोमा आक्रोश पोख्दै उनले भने,संविधानमा गणतन्त्र लेखियो, तर जनताको संविधान लेखिएन। जनजाति,मधेसी,महिला,दलितको हक-अधिकारका लागि हामी लड्यौँ,तर सत्ताको सुविधाका लागि कम्युनिस्ट सरकारले नै हामीलाई दुई वर्ष प्रतिबन्ध लगायो ।उनले थपे,आवाज उठाउनेलाई जेल, गोली र लाठी चलाउनेलाई पुरस्कार। अब जनताले न्याय पाउने बेला आयो।
