धनुषामा गोली हानी वडाध्यक्षको हत्या,गोली हान्ने प्रहरी
काठमाडौं । धनुषामा प्रहरीले नै गोलीहानी एक वडाध्यक्षको हत्या गरेको छ। मिथिला बिहारी नगरपालिका(९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका हुन्।
उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन्। गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको जनाइएको छ। हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताएका छन्।
प्रहरीले वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको जनाएको छ। घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
