अहिलेकै पार्टी बोकेर भोट माग्न जान सकिँदैन: थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई रुपान्तरण नगरी चुनावमा जान नसकिने बताएका छन्। सामाजिक संजालमा भिडियो सन्देश जारी गर्दै थापाले अहिले पार्टीमा भइरहेको छलफल अधिवेशन चुनाव अगाडि वा पछाडि भन्ने भन्दा पनि पार्टी पुनर्गठनको कुरा भएको बताए।

‘अहिले केन्द्रीय समितिको बैठक यति लामो समयसम्म किन भन्ने प्रश्न उठिरहेको छ। अधिवेशन चुनाव अगाडि कि पछाडि भन्दा पनि पार्टी पुनर्गठन गर्ने कि नगर्ने भन्ने कुरा महत्वपूर्ण हो।उनले भने।

उनले अहिलेको अवस्थामा पार्टी जनतामा गएर भोट माग्न सक्ने अवस्थामा नरहेको उनको दाबी छ। आफूहरूको अहिलेको अडान निरन्तरतालाई छाडेर पार्टीको रुपान्तरणका लागि हो भन्दै थापाले तल्लो तहका कार्यकर्तालाई धैर्य राख्न आग्रह गरे।

‘नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ। उनले भनेका छन्, ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौं।