प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बोलाइएको हो।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो।

सिमरामा बुधवार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए। एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

बुधवार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो। आज पुनस् अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ ।