कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजेदेखि बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन।

यसैबीच अघिल्लो शुक्रबार राति काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएकाले उनले विवाद समाधान गर्न छलफल शुरु गरेको र ठोस सहमति भने हुन अझै नसकेको बुझिएको छ।