आज काठमाडौँमा ‘जनप्रदर्शन’ गर्दै एमाले

काठमाडौं। नेकपा एमालेले शनिबार ‘जनप्रदर्शन’ गर्दैछ। एमालेको बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्न लागेको हो।

सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको भन्दै विरोधस्वरूप जनसभा गर्न लागिएको नेताहरूले बताएका छन्। एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पनि विरोध गर्दै आएको छ ।

एमालेका नेता महेश बस्नेतले जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि शुक्रबार नै नेसनल भोलेन्टियर फोर्स घोषणा भएको थियो।