कर्णाली याक्सलाई लुम्बिनी लायन्सको १५७ रनको लक्ष्य
काठमाडौं। लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ विकेट गुमाएर १५६ रन बनायो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४९ रन बनाए। जेजे स्मिथ २३, डी। आर्की सर्ट १९, रूवेन ट्रमपेल्मान २९ रनको नटआउट पारी खेले भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
कर्णालीका लागि नन्दा यादवले दुई विकेट लिए भने विपिन शर्मा, युवराज खत्री, सोमपाल कामी, गुल्शन झा, मार्क वाटले समान एक एक विकेट लिए।
कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ।
