बालकक्षाका शिक्षक-कर्मचारीको तलब बढाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बालकक्षाका शिक्षकसहितका कर्मचारीको तलब बढाउन निर्देशन दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत बालकक्षाका शिक्षकसहितका कर्मचारीका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका हुन्।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बालकक्षा शिक्षकका लागि १२०००, विद्यालय सहयोगीका लागि १०००० र विद्यालय सहायक कर्मचारीका लागि १५००० का दरले तलब पठाइसकेको छ । बाँकी अपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नुपर्नेछ।

अहिलेसम्म झन्डै ७०० वटा स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिकअनुसार तलब दिएको जानकारी प्राप्त भएको शिक्षामन्त्री पुनले बताएका छन्।

‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु,उनले प्रश्न गर्दै भनेका छन्,बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नुहोला। यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको।