प्रधानमन्त्री कार्कीले सचिवालय घटाइन्,अब ६ जना मात्रै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन्।

अब सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र अवैतनिक जनस्वास्थ्य विज्ञ गरी ६ पद मात्रै कायम रहने छन्। बाँकी सबै पदको नियुक्ति भोलिबाट खारेज हुनेछ।

पहिले प्रधानमन्त्री कार्कीको सचिवालयमा २० जनाको समूह थियो। पछिल्लो पटक निकटवर्ती नियुक्ति बाहिरिएपछि विवाद भएपछि यो कदम उठाइएको बताइएको छ।