सुनचाँदीको मुल्य बढ्यो,तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १४ सयले बढेर तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३५३५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ३४९० मा कारोबार भएको थियो।
