ओलीलाई प्रचण्डसँग ‘मर्निङ वाक’ गर्न रावलको चुनौती
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पार्टीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वृद्धहरूको पार्टी’ भनेकोप्रति आपत्ति जनाएका छन्।
सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बिहान बिहान हिंडेर देखाउन ओलीलाई चुनौती दिएका हुन्।
रावलले भने,उहाँ (केपी ओली) ले नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी हो भनेर भन्नुभएछ । मलाई अचम्म लाग्यो । मैले उहाँलाई केही वर्षदेखि हेरेको, कयौँ दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो।
अब साँच्चै गर्ने नै हो भने त, हामीसँग प्रतिस्पर्धा गर्नुपरेन । हाम्रो पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग विराटनगरमा हिँडौँ न त । कसले हिँड्दो रहेछ बढी। अनि के को बुढा ?के को तन्नेरी ? उनले यस्ता भ्रममा नपर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।
