एकान्तकुनामा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

काठमाडौं । ललितपुरको एकान्तकुनामा पिकअपले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। गएराति यातायात कार्यालय अगाडी एकान्तकुनाबाट सातदोबाटो जाँदै गरेको प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिक अपले बाटो काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी पैदल यात्रीको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

दुर्घटनापछि पिकअप चालक १९ वर्षीय हेमराज विक, कार चालक २८ वर्षीय सुशान्त महर्जन र मोटरसाइकल चालक १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।