अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको छ: कुलमान

काठमाडौं। ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्ने समय आएको जस्तो लागेको बताएका छन्।

उज्यालो पार्टी नेपालको घोषणासभामा बोल्दै उनले अघिल्लो सरकारसँगको विवादपछि मन्त्री बन्न पाएको अवसरलाई आफूले सकारात्मक रूपमा लिएको बताए।

‘करिब ७–८ महिना सरकारसँग ठूलो झगडा भयो। ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो। त्यही बेला मैले सरकारलाई धन्यवाद दिएँ,उनले भने।

घिसिङले थपे, ‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा लागिरहेको छ, देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने।