पुराना नेतालाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिबीच एकता अपरिहार्य: सुमना श्रेष्ठ

काठमाडौं। रास्वपा छाडेकी पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्तिबीच एकता अपरिहार्य भएको बताएकी छिन्।

रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले बुधवार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

जेन–जी विद्रोहमार्फत अपदस्थ भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिबीच आपसी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन,विधिको शासन,विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन्।