घोषित मितिमै चुनाव हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा लागिरहेको बताएकी छन् । बिहीबार आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले आउँदा २१ फागुनमा आमनिर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व छ।

तसर्थ, घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले जुटेको छ । यो अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोग अपेक्षा राख्दछु।

२३ र २४ भदौको जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्नु पर्ने भन्दै उनले मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आमजनतालाई रोजगारी, गाँसबास-कपासको सुनिश्चितताको माग गरेको बताइन् । उनले भनिन, ‘ती चाहनाहरू पूरा गर्न सबैले कटिबद्ध भएर आ९आफ्नो ठाउँबाट लाग्न आवश्यक छ।