शिक्षामन्त्रीको गुनासोः चार महिना भइसक्यो,दुई-तीन सय पनि कमाइ भएन

काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले आफूलाई फेसबुक र युट्युबले पनि नचिनेको गुनासो गरेका छन्। बिहीबार हाँस्यास्पद् शैलीमा फेसबुकमार्फत मन्त्री पुनले सो गुनासो पोखेका हुन्।

जागिर खाइएन र व्यापार गरिएन, फेसबुक र युट्युबले पनि पत्याएन,मन्त्री पुनले लेखेका छन्। आफूले फेसबुकबाट लाखौँ–करोडौँ कमाई हुन्छ भन्ने सुनेर कमाउने व्यवस्था मिलाएको उनले अगाडि लेखेका छन्।

म त छक्कै परेँ नि–फेसबुकबाट धेरैले लाखौँ करोडौँ कमाउँछन् भन्ने सुनेर मैले पनि एक जना भाइलाई सहयोग मागेर फेसबुक र अर्को भाइलाई भनेर युट्युबबाट पैसा झार्ने व्यवस्था गरेँ ।

चार महिना भइसक्यो दुई तीन सयभन्दा पटक्कै झरेन त,’ उनले अगाडि भनेका छन्, ‘यसो नुन, तेल, साबुन र मसलाका साथै केही पकेट खर्च आउँछ कि भनेको ता पटक्कै ढङ्ग आएन ।

‘यस्तो ढङ्ग नहुने व्यक्तिले खोइ कसरी जिन्दगी बिताउँला भनेर म आफै छक्क परेको’ भन्दै मन्त्री पुनले लेखेका छन् ।