राष्ट्र बैंकले माग्यो अधिकृतदेखि सहायकसम्म ७६ कर्मचारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार विज्ञापन जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
जसमा तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक माग भएको छ ।
त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिने बैंकले जनाएको छ।

