बैतडीमा मिनी ट्रक दुर्घटना,चालकको मृत्यु

काठमाडौं । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको ट्रक कुठेगौडास्थित भित्री सडकमा दुर्घटना हुँदा सुर्नया–४ का २९ वर्षीय नरेश महराको मृत्यु भएको हो।

मिनी ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडैले जानाकारी दिए।