अधिकारी र भण्डारीलाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं । नलिनचोकस्थित हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई आज विशेष अदालतमा उपस्थित गराइँदै छ।
सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माण गरेको अभियोगमा बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका उनीहरूलाई आज अदालत उपस्थित गराइने भएको हो।
आज विशेष अदालतमा उनीहरूको बकपत्र हुनेछ भने यो पक्रिया सकिए आजै थुनछेक बहस सुरु हुनेछ। तर आजै थुनछेक सुरु हुने सम्भावना कम छ। अख्तियारले लामो समयको अनुसन्धान गरेर बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
