नेपाली सेनामा ३८८ जनाका लागि जागिर खुल्यो

काठमाडौं। नेपाली सेनामा जागिर खुलेको छ । सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन माग गरेको हो ।

जसमा नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी माग गरिएको छ ।

सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ कर्मचारी पदपूर्ति गर्न लागेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि पुस २६ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लखे छ।