जेनजी आन्दोलनमा जेलबाट भागे, चोरी गर्दा साढे १० लाख रुपैयाँसहित पक्राउ

काठमाडौं।जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारगारबाट भागेका एक कैदी चोरी गरेको रकमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको १० लाख २३ हजार ५ सय नगदसहित नुवाकोट बेलकोटगढी-९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका गजुरेलले गएराति काठमाडौँको सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ।

उनले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ। प्रहरीले आरोपी गजुरेलबाट चोरीमा प्रयोग हुने सामग्री पनि बरामद गरेको छ।