यी हुन् एमाले सचिवालयले मनोनित गरेका १०८ महाधिवेशन प्रतिनिधि
काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले मनोनयन गरेका महाधिवेशन प्रतिनिधि शनिबार बिहान सार्बजनिक गरिएको हो ।
एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २६२ हुने जानकारी दिए।
उनका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २१५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको बताए ।
वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । जुन सचिवालय बैठकले चयन गरेको हो । योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी महाधिवेशनमा कुल सहभागी संख्या २५७१ हुने भएको छ ।


