सुदूरपश्चिममा आज ‘ठूली रात’ मनाइँदै

काठमाडौं।आज पुस १५, सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्रका रुपमा मनाइँदैछ।

पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूली रात मानी राती मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन छ।

तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ। तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ।

पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको छ। पस १५ देखिदेखि दिन विस्तारै लम्बिँदै जाने विश्वास गरिन्छ।