आईसीसी टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज विज्ञप्ति जारी गर्दै टी–२० विश्वकपको ट्रफी टुर आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा हुने जानकारी दिएको हो ।

यद्यपि यसको सम्पूर्ण विवरण, तालिका, स्थान र गतिविधिसम्बन्धी जानकारी भने अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

टी–२० विश्वकप आगामी सन् २०२६ फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदैछ । जसमा नेपाल पनि सहभागी हुँदै छ । नेपालले आगामी फेब्रुअरी ८ मा पहिलो खेल इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।