मधेशको शिक्षा सुधारमा सहयोग गर्न एनजिओ र आइएनजिओलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेश प्रदेशको सार्वजनिक शिक्षा सुधार गरेर साक्षर जिल्ला घोषणा गर्नमा सहयोग गर्न एनजिओ र आइएनजिओहरूलाई आग्रह गरेका छन्।

आज(आइतबार) सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘मधेश प्रदेशका ८ वटा जिल्लामा औपचारिक वा अनौपचारिक सामुदायिक शिक्षाको क्षेत्रमा काम गर्ने एनजिओ वा आइएनजिओहरूले मधेश प्रदेश सरकार शिक्षा मन्त्रालयसँग सहकार्य गरेर मधेश प्रदेशलाई साक्षर घोषणा गर्न सहयोगका लागि अनुरोध गर्दछु।’

मधेश प्रदेशका ८ वटै जिल्ला अहिलेसम्म साक्षर जिल्ला घोषणा हुन सकेको छैन। उनले शिक्षित युवाहरुले पनि यसमा अग्रसर हुनुपर्ने बताएका छन्।