सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं। मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा आज साँझ दुर्घटना भएको हो।

सुमोमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

सुमो सडकबाट अन्दाजी सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।