हामीलाई निकाल्न कांग्रेस कसैको प्राइभेट कम्पनी होइन: गगन थापा
काठमाडौं। देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन्।
हामीलाई कारबाही गरेको सुनेका छौं,थापाले भने,यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ। २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ। २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले हटायौं भनेर हट्ने होइन।
