देउवा पद छोड्न तयार नभएपछि फुट्यो कांग्रेस ?

काठमाडौं । नेतृत्व परिवर्तन र रुपान्तरणको माग सम्बोधन गर्न तयार नभएपछि नेपाली कांग्रेस विभाजित भएको छ। कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँचवर्षको लागि कारबाही गरेको छ।

यता विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ।

देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक पटक माग गरेका थिए। तर देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको छ। कांग्रेसभित्र रुपान्तरण चाहने र नचाहनेबीचको संघर्ष विभाजनको तहमा पुगेको हो।

कांग्रेस केन्द्रीय समितिले थापा लगायतका नेताहरूलाई अनुशासन उल्लंघन गरेको अभियोगमा कारबाही गरेको छ। पार्टीले निष्कासनको घोषणा गरेपछि गगन थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको बताए।मैले इतिहास बनाएको पार्टी हो आन्दोलन हाँकेको पार्टी हो, थापाले भने।