जेनजी विद्रोहबाट अर्थहीन निर्वाचन मात्रै पायौँ: मिराज ढुङ्गाना
काठमाडौं। जेनजी अभियन्ता मिराज ढुङ्गानाले जेनजी विद्रोहबाट देशले निर्वाचन मात्रै पाएको बताएका छन्। बिहीबार माइतीघर मण्डलमा भएको प्रदर्शनका क्रममा ढुङ्गानाले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि निर्वाचन भएको टिप्पणी गरेका हुन्।
उनले भने, ‘यत्रो विद्रोहबाट हामीले अर्थहीन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ, हाम्रो देशको स्थितिमारु निकास पाउन गाह्रो छ।
अहिले नयाँ भन्नेहरूले पनि संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेकोप्रति उनले आपत्ति जनाए। उनले भने, ‘अहिले आएका केही नयाँ पात्रहरू पहिला संविधान मान्य छैन भन्नुहुन्थ्यो, अहिले निर्वाचन नजिकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृष्ट छ भन्नुहुन्छ । उहाँहरूको शब्द फेरिएको छ तर हाम्रो शब्द पहिलाकै हो।
निर्वाचनको मात्रै रट लगाएर युवाका भावना नजरअन्दाज गरिएको उनको आरोप थियो । ‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ। निर्वाचनको रट लगाउने शृङ्खला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अर्थहिन निर्वाचनतिर धकेलिरहेको छ, उनले भने।
