ओलीको कटाक्ष: रविको मुद्दा फिर्ता गर्दा पैसा कसले तिर्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले थिति र विधिको शासन देशमा नभएको बताए।
ओलीले भने, अहिले थिति र विधिको शासन होइन । जसको लाठ्ठि त्यसको भैँसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । त्यसैगरी चलेको छ,ओलीले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ । लज्जाको विषय भएको छ। यस्तो पनि हुन्छ रु’
हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो । यसअघि डिम्ब कारोबारमा मुछिएकी महान्यायाधिवक्ता सविता भण्डारी बरालबारे केही काण्ड बिर्सिन खोजे पनि एकपछि काण्ड आएको आरोप लगाए।
‘यसो बिर्सियौँ भन्यो, डिम्बका कारोबार बिर्सियौँ भन्यो फेरि अर्को काण्ड । अर्को काण्ड बिर्सिऔँ भन्यो फेरि अर्को काण्ड,ओलीले थप प्रश्न गर्दै भने,अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड। दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ ।
