झुम्का कारागारबाट फरार प्रतिवादी धनकुटाबाट पक्राउ

धनकुटा।देशव्यापी जेन्जी आन्दोलन को क्रममा झुम्का कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको छ।

गत भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट फरार भएका धनकुटाको साँगुरीगढी गाउँपालिका–१ घर भएका ३३ वर्षीय बुद्धराज लिम्बु लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। लिम्बू लागू औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय धनकुटाले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानबाट लिम्बूलाई पक्राउ गरिएको हो। शुक्रबार बिहान धनकुटा नगरपालिका वडा नं.९ मुलघाट क्षेत्रबाट उनलाई पक्राउ गरिएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता इन्सपेक्टर किशोर तामाङले जानकारी दिए।

पक्राउ परेका लिम्बुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।