गगनलाई बधाई दिँदै सुजाताले भनिन्-सम्पूर्ण कांग्रेसले साथ दिनेछ
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई बधाई दिएकी छन्। थापालाई सम्पूर्ण कांग्रेसीजनले साथ दिने उनले उल्लेख गरेकी छन्।
यो देशको उन्नति गर्नुस् । तपाईंलाई सम्पूर्ण जनताले मान्ने छ। तपाईंलाई सम्पूर्ण नेपाली कांग्रेसले साथ दिनेछ । हाम्रो तपाईंलाई बधाई छ, शनिबार (माघ ३) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा उनले भनेकी छन्।
उनले आफूलाई पार्टी फुटेको जस्तो नलागेको बताएकी छन्। कांग्रेसलाई राम्ररी हाँक्न थापालाई उनले आग्रह गरेकी छन्। नेपाली कांग्रेसलाई राम्ररी हाँकेर बीपीको विचार, गिरिजाबाबुको संगठनलाई नबिर्सेर तपाईं अगाडि बढ्नुस्, नेपाली कांग्रेसलाई राम्रो बनाउनुस्, उनले भनेकी छन्।
परिवर्तनसित डराउन नहुनेमा उनले जोड दिएकी छन् । हाल युवा, समाज, जनताले परिवर्तन चाहेको उनले बताएकी छन्। उनले भनेकी छन्, “अहिले मुलुकले परिवर्तन चाहेको छ। त्यो परिर्वतनलाई पनि हामीले स्वीकार्नुपर्छ।
विशेष महाधिवेशनको विपक्षमा रहेका कांग्रेसीलाई उनले नडराउन आग्रह गरेकी छन्। पार्टी फुटेको छैन, नआत्तिनुस्, नतर्सिनुस्। दिक्क नमान्नुस् । खुसी भएर यसलाई स्वीकार्नुस् । कानुनको व्याख्या धेरै नगर्नुस्,उनले भनेकी छन्।
उनले पार्टीको नियमित महाधिवेशनमा सहभागी भएर नयाँ सभापति चयन गर्न सकिने बताएकी छन्। पार्टीको अफिस त्यही हो। चारतारे झन्डा त्यहीँ छ । रुख चिह्न त्यहीँ छ । मान्छे त्यही हो । पार्टी कहाँ फुटेको छ रु किन तपाईंहरू डराएको रु फेरि अर्को चुनाव आउँदै छ,उनले भनेकी छन् ।
