मेयर हुँदा मूकदर्शक बनेँ,प्रधानमन्त्री भए गरेर देखाउँछु: बालेन
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताएका छन्।
सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्ने क्रममा उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा मुकदर्शक बनेर बस्नुपरेको सुनाएका हुन्।
उनले भने, ‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रूपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो ।
साथै, उनले काठमाडौंको मेयरको रूपमा त्यतिबेला केही गर्न नसकेको स्वीकार गरे । काठमाडौंको मेयरका रूपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौँला रु भन्दै प्रश्न गरे ।
‘काठमाडौंको मेयरको रूपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, सङ्घ सरकारमा गएँ भने कति सकौँला ? बालेनले भने ।
त्यस्तै शाहले सङ्घीयतालाई अझै बलियो बनाउन आवश्यक रहेको बताए । रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् । उनले मधेसबाट काठमाडौं पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन्।
