टिकट वितरणमा चलखेल भएको भन्दै रवि-बालेन बसेको होटल बाहिर विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टिकट वितरणमा चलखेल भएको भन्दै जनकपुरमा नेता कार्यकर्ताहरूले विरोध गरेका छन्।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर उनीहरूले विरोध गरेका हुन्।
लामिछाने र शाह सोही होटलमा बसिरहेका छन्। उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई सोही होटलमा बसेर टिकट वितरण गरिरहेका हुन्।
बालेनले पनि सोही होटलमा आजै सभापति लामिछानेसँग टिकट लिएका थिए। रवि,बालेन लगायतका नेताहरू हिजो नै जनकपुर पुगेका थिए। उनीहरू आजै जनकपुरमा आयोजित सभामा भाग लिएका थिए।
