देउवाले डडेल्धुरा छोड्दा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा यसपटक नैनसिंह महरलाई उम्मेदवार बनाउने भएको छ । पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने बताएपछि पार्टीले महरलाई टिकट दिएको हो।

महर नेविसंघका पूर्वअध्यक्ष हुन् । महरसहित भानु देउवा, भीम बहादुर साउद, गोविन्द बोहरा लगायतले पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । तर, महरलाई टिकट दिन पार्टी तयार भएको हो।

महरले आफूलाई टिकटको जानकारी दिइएको र लिन बोलाइएको बताए। देउवाले विगत ३४ वर्षदेखि डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आएका थिए । उनले यसपटक पनि चुनाव लड्ने बताउँदै आएका थिए। तर, गएराति उनले चुनाव नलड्ने बताएपछि पार्टीले महरलाई टिकट दिएको हो ।