पहिलोपटक मधेश झरे गगन,सर्लाही-४ बाट चुनाव लड्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन्। आज बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सभापति थापालाई सर्लाही ४ मा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थिए। तर, पहिलोपटक उनी मधेश झरेका हुन् । हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन्।
