सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड,तोलामा कति पुग्यो

काठमाडौं । मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।