पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गरेको हो।

लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए। अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन्।