आज माघ ०७ गते बुधबार,यस्तो छ तपाईको राशिफल

मेष –अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गरे सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

वृष –अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य लाभ मिल्नेछ । सामान्य रोगले सताउन सक्छ । सहयोगीहरूले हात झिक्दा केही समस्या बढ्न सक्छ । धन तत्काल खर्च गर्नुपर्ला ।

मिथुन –लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साह जनक समाचारले खुशी बढाउनेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

कर्कट –आशा गरेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पन्न हुनेछ । आम्दानी बढ्नेछ र भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्ति हुने योग छ । दीर्घकालीन फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

सिंह –धार्मिक अनुष्ठान र मंगलमय काम सम्पन्न हुन सक्छ । व्यवसायमा लाभ हुनेछ । कार्यमा प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछ भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ हुनेछ ।

कन्या –निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिल्ने सम्भावना छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। गोपनीयतामा ध्यान दिनुहोला । पुरानो समस्याले केही झमेला ल्याउन सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही समस्या देखिन सक्छ ।

तुला –कीर्तिमानी काम सम्पन्न हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । नयाँ कामको सुरुवात खासै सहज छैन । कार्यमा केही हैरानी बढ्न सक्छ। पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् ।

वृश्चिक –गरिएका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । साना समस्या आएपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको प्रयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।

धनु –एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ वा वाग बगैंचा सम्बन्धी काममा आकर्षण बढ्नेछ ।

मकर –नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला । गरीसकेको काम निरन्तरता दिनुहोस् । पिडा दिने व्यक्ति सक्रिय हुन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर छुट्न सक्ने सम्भावना छ ।

कुम्भ – भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर पाउन सकिनेछ । मनन, ध्यान वा रचनात्मक काममा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न काम सम्पन्न गर्न सकिनेछ ।

मीन – व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनबाट लाभ हुने समय छ । प्राकृतिक वातावरणमा रमाइलो समय बित्नेछ ।