सुनको मूल्यमा कीर्तिमानी,प्रतितोला कति पुग्यो ?
काठमाडौं। नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ। यो कीर्तिमानी मूल्य हो।
आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो। हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो। सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
