तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत भेटिए
काठमाडौं । दाङमा तीन दिनदेखि बेपत्ता भएका एक प्रहरी जवान जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हरि जिसी घोराही–१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर कार्यालयबाट निस्किएका थिए। उनी कार्यालयबाट निस्किएपछि तीन दिनदेखि सम्पर्कविहीन थिए।
खोजतलासका क्रममा जिसी सवार स्कुटी र उनको शव आज बिहान जंगलमा फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
