रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजीविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । चौधरीको रिटमा सुनुवाइका लागि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ ।
चौधरीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । तर, निर्वाचन आयोगले उम्मेदवारी बिहीबार खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् ।
टीकापुर घटनामा जिल्ला अदालत हुँदै सर्वोच्चबाट दोषी ठहर भएकाले उम्मेदवार हुन अयोग्य भएको भन्दै आयोगले उम्मेदवार खारेज गरेको थियो ।
