हिजोका खराब कुरा सबै छाड्यौँ: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस सुधारिएको कांग्रेस भएको बताएका छन्। शुक्रवार सर्लाही-४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई विगतमा रहेका नराम्रा पक्ष सबै सुधार गरेर आएको बताएका हुन्।
उनले भने,अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन। हिजोको सबै खराब हुने भए हाम्रो स्वास्थ्य खराब हुन्थ्यो।
हाम्रा भगवान्,मन्दिर,मस्जित खराब हुनुपर्ने। हाम्रा पितापुर्खा खराब हुनुपर्ने। बालबालिका मात्रै राम्रा हुनुपर्ने। त्यसो होइन। हामीलाई हाम्रो राम्रा कुराको इतिहाससँग गौरव छ। त्यो हाम्रो परम्परा हो,संस्कृति हो।
हिजोका खराब कुरा मात्रै सबै छाडेको थापाले बताए। उनले भने, ‘हिजोका खराब कुरालाई मात्रै छाड्ने हो। नयाँ समयको नयाँ मागलाई हेर्ने हो।
अहिलेको कांग्रेस त्यही कुरा मनन् गरेर आएको बताउँदै उनले भने,यो कांग्रेससँग पाँच वर्षको योजना छ,सोच छ, देश बदल्ने। हिजोका गल्ती कमजोरी यो काँग्रेसले दोहोर्याउँदैन।यसक्रममा भ्रष्टाचार, कुशासन अन्त्य गरेर वर्षौँसम्म गर्छु भनेर गर्न नसकेका कामहरू पूरा गर्ने उनले बताए।
