आज माघ १८ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- नयाँ योजना बन्नेछन् भने पुराना समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको अवसर गुम्न सक्छ । स्थायी सम्पत्ति सम्बन्धी विवाद पनि आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यका साथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ निरन्तर प्राप्त हुनेछ।

वृष- रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि नहुन सक्छ । स्वास्थ्य कमजोर रहनुका साथै उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्त बीच आत्मीयतामा केही कमी आउला । बिग्रिएका सम्बन्ध र विगतका कमजोरी विस्तारै सुधार गर्न सकिनेछ।

मिथुन- खर्च बढेपनि दिगो आय स्रोत जुटाउन सकिनेछ । नजिकका साथी टाढिए पनि टाढाका साथी नजिकिनेछन् । स्वास्थ्य कमजोर रहँदा चाहेको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन् । खानपानको असावधानीले स्वास्थ्यमा असर पर्न सक्छ । पढाइ लेखाइमा समय दिन कठिन हुनेछ।

कर्कट- स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ । बाध्यताले अनावश्यक अलमल बढ्न सक्छ। सहयोगको आशा देखाउने व्यक्तिबाटै धोका पाइएला । समयमा होस नपुर्‍याउँदा खर्च मात्र बढ्नेछ । प्रलोभन देखाउनेहरूबाट सावधान रहनुहोला।

सिंह- अभिप्रेरणा जगाउने व्यक्तिहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। व्यवसायिक आम्दानी बढ्नेछ । भविष्यमा फाइदा हुने कामको प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। केही सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

कन्या- बोलीका कारण केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउने छन् । टाढाको यात्राको सम्भावना छ । अध्ययनमा समय दिन कठिन हुनेछ। लेनदेनको विवादले हानि पुर्‍याउन सक्छ । पुराना समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर पाएपनि पेट सम्बन्धी समस्या देखिन सक्छ । अनावश्यक जमघटले काममा बाधा पुर्‍याउनेछ।

तुला- विस्तारै सोचेका काम बन्नेछन् । नाम, दाम र इनाम कमाउने समय छ । रोगले सताउने देखिन्छ । आफ्ना काम स्थगित हुँदा मन खिन्न हुन सक्छ । सेवामूलक कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । लगनशील नबन्दा आलोचना सहनुपर्ला । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ।

वृश्चिक- भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित कामको जिम्मेवारी प्राप्त हुनेछ । साना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्नेछ । चौपायामा केही समस्या आएपनि प्रशस्त धन आर्जन हुने समय छ।

धनु- व्यवसायिक क्षेत्रमा विभिन्न समस्या देखिन सक्छन् । केही अवरोध आएपनि इच्छा शक्ति र मेहनतले राम्रो फाइदा दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा अग्रता दिलाउनेछ। भौतिक साधन जुट्नेछन् । उद्योग तथा व्यापारमा विशेष लाभ हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै परास्त गर्न सकिनेछ।

मकर- नयाँ व्यवसाय सुरु गर्ने अवसर प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रुपैयाँ पैसाको कारोबार बढ्ने देखिन्छ । व्यवसायिक क्षेत्रमा अपेक्षा अनुसार फाइदा नहुन सक्छ । काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुनेछन् । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ हुने समय छ।

कुम्भ- मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिएपनि कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । सोचेका काम सजिलै सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। प्रियपात्रसँग भेटघाट हुने भएकाले दिन रमाइलो बन्नेछ । शुभचिन्तकको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ।

मीन- उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूला काम सम्पन्न हुने सम्भावना छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरेपनि बुद्धि प्रयोग गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । अप्रिय समाचारले मन खिन्न बनाउनेछ । अर्थ अभावले चाहेका काम रोकिन सक्छन्। तर विगतको श्रमबाट लाभ अवश्य प्राप्त हुनेछ।