तोलमा १८ हजार ८ सयले घट्यो सुन
काठमाडौं। नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।
गत शुक्रवार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रवार सात हजार ६५ रुपैयाँ थियो।
