चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं । चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए।
त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।

